मेरो जिन्दगी कतै अल्झिरहेछ
यहाँ म पर्खिरहेछु
नसुनेर मेरो पुकार किन
बेहिसाब मै बल्झिरहेछ?
बेहोसी मन यसै यसै जीइरहेछ
केही उत्साहहरु पल पल मरिरहेछ,
हजारौ फूलहरु माझ
प्रकृतिको मनोरम काख
कोषौ दूर पुगेर पनि
आफ्नो हृदय छाम्न सकिन,
मेरो जिन्दगी कतै भुलिरहेछ
यहाँ म पखिरहेछु
नसुनेर मेरो पुकार किन
बेमौसम मै झुलिरहेछ?
जीवनको संघर्ष होला
परीक्षा या परिणाम होला
लाखौ आशाहरु संगै
कल्पना र सपना हुदै
पाइला त्यतै मोडेर पनि
आफ्नो गन्तब्य पुग्न सकिन,
मेरो जिन्दगी कतै पौडीरहेछ
यहाँ म पर्खिरहेछु
नसुनेर मेरो पुकार किन
बेफ़ुर्सदमै दौडीरहेछ??
Comments
Post a Comment