केहि दूर अलिकति पर
मेरो सपनाको सहर छ
तेर्सिएर लम्पसार त्यहाँ कैयौ मेरो रहर छ,
निस्पट्ट अध्यारो
मेरो वरिपरि
तर झलमल्ल
धेरै प्रकाश र आकारमा
बलिरहेको म देखिरहेछु,
त्यो सहर,
मेरो आखा अन्धकारमा छ,
मेरो सपना
चकमन्न त्यो सहरमा
बत्तीका प्रत्येक प्रकाश भन्दा प्रकाश
बलिरहेको छ।
सुनसान यो टाढा वस्ती
अध्यारोमा छिपेको हरियाली
गुञ्जयमान प्रकृतिका स-साना
सजिब प्राणी
मेरो सपनाको सहर चियाई रहेछन्
लुकामारी खेल्दै मेरो
अस्तित्व लाई गिज्याइ रहेछन।
नजिक म त्यहाँ नित्य पुग्छु,
स्वप्न उत्रिए झैँ घुमेर फर्कन्छु ।
नयन ले भ्याए सम्म हेरिरहन्छु,
हजार आकंक्ष्या बेरिरहन्छु,,
अनि फेरी
आफै लाई केहि सान्त्वोना थप्छु
दिलाशा खोजेर पनिं मन थाम्छु ,
किन?
तर किन ? यो रात
हर साँझ पछि बिझाउछ?
केहि दूर अलिकति पर
मेरो सपनाको सहर छ,
ब्युझिएर रमझम त्यहाँ
मैले इच्छाएको लहर छ ।
एकान्त ! सम्बन्ध टाढिएको
बेचैन दृश्यले
रित्तिसक्यो सपना पनि
साचेको बोलि नै भार पर्यो
जीवन नरक को पर्याय भन्दा
मुनि झर्यो।
अब,
बाँकी छ मुस्कान
त्यहि सपनामा फ़क्रिन,
अनगिन्ति निरुत्तर प्रश्नहरु
सिरानी छेउछाउ लत्रिन ..
जादैछु नदेख्न
छटपटी भएको,
बिपना नहांसेर रातले गिज्याएको ।
निस्किसक्यो चन्द्रमा
डुब्नु छ एकादेश को निन्द्रामा
भोलि फेरी,
त्यो सहर ब्युन्झिन्छ
अनि मेरो निराशा बल्झिञ्छ।।
Comments
Post a Comment