गुलाफ फुलेको सौन्दर्यले निचोर्छ
एउटा अलग्गैअनि मिठो पिडा
पर्खाईको तरङ्गमा निस्सासिएको पिडा
आशैआशले भरिपुर्ण हृदयमा गुम्सिएको पिडा
निश्चित आगतले सताएको बर्तमान
अनि हतासमा अल्झिएको यो बिधान,
मेरो तड्पिएको हेराइ
जीवनको एक नशालाई...
कहाँ रुमल्लिइ रहेको छ
कहाँ भौतारिइ रहेको छ
वा
कतै अस्त छ, ब्यस्त छ ,
म मन्त्र फुक्छु,
साचो हुने कल्पना गर्छु,
मेरो जीवन को प्रतिबिम्ब देख्न खोज्छु
म खोजि गर्छु
प्रतिबिम्ब भै बिम्बको
कल्पना भै भविस्यको ।
सुस्तरी जागेको हो कि जोश
बैंश ले लुकेको हो कि होश।
मन थम्थमाउछु
प्राकृतिक जीवनकै सिर्जना न हो
भरिपुर्ण भएरै निम्तिएको कामना त हो। ।
Comments
Post a Comment