म त
क्षितिजको कल्पनामा रमाउथेँ,
नाजुक र क्षणिक पलहरुमा तृष्णा मेटाउथे।
म कसरी बिश्वास गरूँ ?
नाजुक र क्षणिक पलहरुमा तृष्णा मेटाउथे।
म कसरी बिश्वास गरूँ ?
आफै सामु कसरी मुस्कुराउँ ?
हिजोआज , म भित्र केहि सलबलाउछन्
भावना हरुले कुत्कुयाउछन्।
उमङ्ग र जोशले काचुली फेरे जस्तो,
यो मित्रताको जालोले जताजतै मलाई बेरे जस्तो।
सबै त भन्न मन लाग्छ
सबै नै सुन्न मन लाग्छ
भनेका सबै दोहोराउदै सुन्न मन लाग्छ
सुनेका सबै फेरी आफैसंग भन्न मन लाग्छ ,
आजभोलि, नगाएका गीत गाउन थालेछु
न सुनेका धुन सुन्न थालेछु
छटपट्टि र बेचैनिले दिन भरिए जस्तो,
यो साइनोमा आशा र सपनाले रात छरिए जस्तो ।
अनेकौ प्रश्न ले घेरा लगाउछ
अनेकौ उत्तरले फेरी डेरा जमाउछ,
आफै संग साटिरहेको हासो कहाँ लुकाऊं ?
हिजोआज , म भित्र केहि सलबलाउछन्
भावना हरुले कुत्कुयाउछन्।
उमङ्ग र जोशले काचुली फेरे जस्तो,
यो मित्रताको जालोले जताजतै मलाई बेरे जस्तो।
सबै त भन्न मन लाग्छ
सबै नै सुन्न मन लाग्छ
भनेका सबै दोहोराउदै सुन्न मन लाग्छ
सुनेका सबै फेरी आफैसंग भन्न मन लाग्छ ,
आजभोलि, नगाएका गीत गाउन थालेछु
न सुनेका धुन सुन्न थालेछु
छटपट्टि र बेचैनिले दिन भरिए जस्तो,
यो साइनोमा आशा र सपनाले रात छरिए जस्तो ।
अनेकौ प्रश्न ले घेरा लगाउछ
अनेकौ उत्तरले फेरी डेरा जमाउछ,
आफै संग साटिरहेको हासो कहाँ लुकाऊं ?
भित्र भित्रै बाधिरहेको गाठो कहाँ फुकाउ ?
दिनरात, एउटै खयालले मन भुलाउछ
सम्झनाले भुमरी झैँ चक्कर चलाउछ। कुनै नौलो लत ले जीवन मताईरहे जस्तो
यो सम्बन्ध ले मलाई सारै सताइरहे जस्तो।।
यो सम्बन्ध ले मलाई सारै सताइरहे जस्तो।।
Comments
Post a Comment