Skip to main content

नगरेको प्रेम

अनन्त गरेर पनि तिमीलाई मेरो माया बिर्साइ दिन्छु

बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइ दिन्छु ।।

 

सागरको गहिराइ भन्दा तल

मेरो हृदय डुबेको थियो,

पुर्याउँला तिमीलाई भन्थें

निभेर गए ति अन्धकारमा दियो,

मुटु भरेर पनि तिमीलाई मेरो मौनता थमाइँ दिन्छु,

बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइ दिन्छु।।

 

हिमालको पवित्रता भन्दा माथि

मेरो विश्वाश अडेको थियो,

देखाउंलाँ तिमीलाई भन्थें

पापी भ्रममा साचोँ प्रिती अल्झिदियो,

आसुँ भएर पनि तिमीलाई मेरो हासोँ बगाइदिन्छु,

बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइदिन्छु।।

 

सुर्यको प्रकाश भन्दा तेज

मेरो चाहना लुकेको थियो,

सुनाउँला तिमीलाई भन्थें

प्रेम उत्साहले जुर्मुरियो, 

लक्ष्य बोकेर पनि तिमीलाई मेरो सपना बनाइदिन्छु,

बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइदिन्छु।।

 

चन्द्र को शितल भन्दा प्यारो

मेरो आत्मा भिजेको थियो,

भनौँला तिमीलाई भन्थें

आँट्मा अझ कमजोरी थपियो, 

फूल फुलेर पनि तिमीलाई मेरो वास्ना लुकाइदिन्छु

बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइदिन्छु।।

 

पवनको गतिभन्दा छिटो

मेरो प्रेम बहेको थियो,

डोर्याउँला तिमीलाई भन्थें,

गोरेटो आफ्नै धड्कनमा फर्कियो,

हतास लागेर पनि तिमीलाई मेरो वास्ता दबाइ,दिन्छु

बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइदिन्छु ।।

 

अनन्त गरेर पनि तिमीलाई मेरो माया बिर्साइदिन्छु,

बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइदिन्छु।। 

Comments

Popular posts from this blog

म एकान्तकी रानी

म मा एकान्त को खोजि  जसमा मेरो आत्मा बाहेक शरीर पनि नहोस  सुनसान, बस् त्यति मात्र  दिमाग नसोचोस् बोलि नफुटोस् साथ हराओस् म भित्र को पत्थर नटुटोस् एक्लोपन को मिठास मा रमुं  कठोरता को सिमा नाघुं,  आत्मालाई हेरिरहुँ  कतै नफर्की हिडि रहुँ, त्यही एकान्त जहाँ  आत्मा छ, शरीर छैन  मुख छ बोलि छैन, मन छ माया छैन  साथ छ, साथी छैन  आहा! कति भाग्यमानि ! म एकान्त की रानी।   फेरी एकान्त  फेरी पनि त्यहि एकान्त मन पर्छ,  संगीतको छिटा नपरेको  सुर्यको प्रकाश नसरेको झरनाको झंकार नझरेको  मेरो ढुकढुकीले मात्र गुन्जेको एकान्त  जहाँ, चरा पनि अति  संयम र शान्त,  म रुन्छु, कोहि नहेरुन् म हास्छु, कोहि नहासुन्, म बोल्छु, कोहि नसुनुन्, बस् ! आशुले भिजाउछु सिरानी  म एकान्तकी रान।  झन् एकान्त  त्यहि एकान्त को मोह  अझै मन पर्छ, फेरी फेरी मन पर्छ  स्वतन्त्र को आभास  आफैमा बिश्वास  खुल्ला बतास  त्यो सिमले कपास  त्यहाँ म अनि एकान्त मेरो  रमणीय त्यो सेरोफेरो  साच्चै आफै संग...

अस्पतालमा

अन्योल र अलमल यो भिड मा म एक्लै aasha खोजि रहेछु  अन्जान र अपरिचित यो हुलमा  म आफ्नै साथ् रोजी रहेछु  तिनका आखा आखा मा  बेग्ला बेग्लै पीडाको बोध , म कहाँ बुझ्न सक्छु र ? मेरो पनि त आफ्नै शोक ! म त अझै शान्त छु  ति दुखाई म कहाँ छुन सक्छु ? दुखको यो महासागर मा म मात्र अछुत कहाँ हुन सक्छु ? 

मेरो संस्कार

मेरो संस्कार मेरो संस्कार, तिम्रो आगमन मेरो जीवनको अनुपम उपहार, मलाई शिशिर के, पत्झड के, अब तिमी नै मेरो बसन्त सदाबहार।। म के दिउं तिमीलाई, सोचिरहेछु, म के लेखुं तिम्रो लागि घोरिइरहे्छु।  म सम्झिन्छु मेरो बाल्यकाल सम्झिदै प्रफुलित मेरो हृदयको हाल।।  घर बाहिर छरपष्ट ति चउरहरु ति खेत अनि बारीका अनन्त द्श्यहरु, दौडेर, लडेर कहिल्यै नथाकिने ति खेलहरु वर्षामा बाटोभरी आउने ति भेलहरु।  म कहां दिन सक्छु तिमिलाई त्यो काख, प्रक्‌तिको ? खुला मैदान अनि साथीभाईसंगको मेल त्यहि रितिको मेरो संस्कार, तिमिलाई दिन सक्छु मेरो अनुभवको संगालोहरु मैले रोएको र हासेको  जीवनका साना तिना भंगालोहरु।।  म त उफ्रिदै वन जंगल पनि गएं, डोको र नाम्लोले भारी पनि ल्याएं, म त गाउंको खोला र वगरमा पनि रमाएं, ढुङा र मुडामा ठोक्किएर चोट पनि खाएं।  म कहां दिन सक्छु तिमिलाई त्यो छ्हारीको शीतलता, छङ्छङ गर्ने झरना र खहरेको चञचलता।   मेरो संस्कार, तिमिलाई सुनाउन सक्छु मेरो अनगिन्ति जीवन किस्साहरु, मैले देखेका र भोगेका जीवन खण्ड खण्डका अनमोल हिस्साहरु।।  मैले त गुडिया र भान्सा आफै बनाउ...