Skip to main content

Posts

Showing posts from January, 2021

अस्पतालमा

अन्योल र अलमल यो भिड मा म एक्लै aasha खोजि रहेछु  अन्जान र अपरिचित यो हुलमा  म आफ्नै साथ् रोजी रहेछु  तिनका आखा आखा मा  बेग्ला बेग्लै पीडाको बोध , म कहाँ बुझ्न सक्छु र ? मेरो पनि त आफ्नै शोक ! म त अझै शान्त छु  ति दुखाई म कहाँ छुन सक्छु ? दुखको यो महासागर मा म मात्र अछुत कहाँ हुन सक्छु ? 

पुकार

मेरो जिन्दगी कतै अल्झिरहेछ यहाँ म पर्खिरहेछु  नसुनेर मेरो पुकार किन  बेहिसाब मै बल्झिरहेछ? बेहोसी मन यसै यसै जीइरहेछ   केही उत्साहहरु पल पल मरिरहेछ,  हजारौ फूलहरु माझ  प्रकृतिको मनोरम काख  कोषौ दूर पुगेर पनि  आफ्नो हृदय छाम्न सकिन,  मेरो जिन्दगी कतै भुलिरहेछ यहाँ म पखिरहेछु  नसुनेर मेरो पुकार किन  बेमौसम मै झुलिरहेछ? जीवनको संघर्ष होला  परीक्षा या  परिणाम होला  लाखौ आशाहरु संगै  कल्पना र सपना हुदै  पाइला त्यतै मोडेर पनि  आफ्नो गन्तब्य पुग्न सकिन, मेरो जिन्दगी कतै पौडीरहेछ  यहाँ म पर्खिरहेछु  नसुनेर मेरो पुकार किन  बेफ़ुर्सदमै दौडीरहेछ??

Tornado inside me

  I am trying everything possible to keep me happy these days. This blog also, I started writing just to express myself and to feel myself light, it is helping to some extent but inside, I am burning, I am overwhelming, I dont want to say I am depressed or I am stressed. it is just that I am having overflow of feelings and very powerful ones. I am reading books that I have never read before, I am listening music that I have never listened before, I am watching new movies, and videos, I am writing poems and also typing old ones that were handwritten from my old diaries. I am singing, I am cooking, I am working, I am making new friends, no just one new friend. I am chatting, I am using lots of apps. I am doing lots of stuff yet, I dont find peace. I am thinking I will start meditation and riyaz also.  I don’t know if Bell’s palsy is stressing me out or stressed me intrigued Bell’s palsy to occur, but either way I am being blown away. This strong tornado inside me is taking away ...

खयाल

गुलाफ फुलेको सौन्दर्यले निचोर्छ  एउटा अलग्गैअनि मिठो पिडा  पर्खाईको तरङ्गमा निस्सासिएको पिडा  आशैआशले भरिपुर्ण हृदयमा गुम्सिएको पिडा  निश्चित आगतले सताएको बर्तमान  अनि हतासमा अल्झिएको यो बिधान, मेरो तड्पिएको हेराइ  जीवनको एक नशालाई... कहाँ रुमल्लिइ रहेको छ  कहाँ भौतारिइ  रहेको छ  वा  कतै अस्त छ, ब्यस्त छ ,  म मन्त्र फुक्छु, साचो हुने कल्पना गर्छु, मेरो जीवन को प्रतिबिम्ब देख्न खोज्छु   म खोजि गर्छु  प्रतिबिम्ब भै बिम्बको कल्पना भै भविस्यको । सुस्तरी जागेको हो कि जोश  बैंश ले लुकेको हो कि होश।  मन थम्थमाउछु प्राकृतिक जीवनकै सिर्जना न हो  भरिपुर्ण भएरै निम्तिएको कामना त हो। ।  

सहर म देखिरहेछु

केहि दूर अलिकति पर  मेरो सपनाको सहर छ  तेर्सिएर लम्पसार त्यहाँ कैयौ मेरो रहर छ, निस्पट्ट अध्यारो  मेरो वरिपरि  तर झलमल्ल  धेरै प्रकाश र आकारमा  बलिरहेको म देखिरहेछु, त्यो सहर, मेरो आखा अन्धकारमा छ,  मेरो सपना  चकमन्न त्यो सहरमा  बत्तीका प्रत्येक प्रकाश भन्दा प्रकाश  बलिरहेको छ।  सुनसान यो टाढा वस्ती  अध्यारोमा छिपेको हरियाली  गुञ्जयमान प्रकृतिका स-साना  सजिब प्राणी  मेरो सपनाको सहर चियाई रहेछन्  लुकामारी खेल्दै मेरो  अस्तित्व लाई गिज्याइ रहेछन।   नजिक म त्यहाँ नित्य पुग्छु,  स्वप्न उत्रिए झैँ घुमेर फर्कन्छु ।   नयन ले भ्याए सम्म हेरिरहन्छु,  हजार आकंक्ष्या बेरिरहन्छु,, अनि फेरी  आफै लाई  केहि सान्त्वोना थप्छु  दिलाशा खोजेर पनिं मन थाम्छु ,  किन?  तर किन ? यो रात  हर साँझ पछि बिझाउछ? केहि दूर अलिकति पर  मेरो सपनाको सहर छ,  ब्युझिएर रमझम त्यहाँ  मैले इच्छाएको लहर छ ।  एकान्त ! सम्बन्ध टाढिएको  बेचैन दृश्यले  रित्तिसक्यो स...

गजल

  अनौठो मानिसको मन, अनौठो यो जीवन कस्तो लाग्छ क्षितिज मा गगन निहुरिए जस्तो .. असारको झरीमा हर सास झम्झमाउछ झरी बोकेर उड्ने त्यो बादल कस्तो .. मुस्कानको दियालो परेली झरेर जग्मगाउछ जवानी ओडेर फुल्ने त्यो सपना कस्तो ... छहारीको शितलता सुस्केरामा गुनगुनाउछ प्रकाश छलेर बन्ने त्यो छाया कस्तो ... फक्रेको फूल चुमेर भमरा भुन्भुनाउछ सुगन्ध भरेर तान्ने त्यो बगान कस्तो ...

म रातमा कबिता रच्दैछु

  "जिन्दगीको शिखा बलेको लाग्छ म निहुरिएर हेर्छु छताछुल्ल प्रकाश त्यही प्रकाशमा एउटा छाया देख्छु आकार एस्तो लाग्छ मेरो समिपता लुटेको छ हरेक दैनिकिमा सामेल छ त्यही आकारमा उज्यालो सम्भव छ । " कोल्टे फेर्छु, "जिन्दगीको बादल खसेको लाग्छ शुन्यपनमा छरिएका दाग मेट्न खुल्ला त्यो शुन्यपनमा नामिकरण गगन भएर अर्थ खुलिदिन्छ बतास त्यो बादल उडाउछ त्यही बतासमा एउटा आकृति उभिन्छ आकृति एस्तो लाग्छ मेरो अनुभव नियालेको छ पल पल का कहानी संगालेको छ त्यही आकृति मा सफाइ सम्भव छ ।" कोल्टे फेर्न डर लाग्छ कतै झुठ त साबित हुँदैनन् ? आनन्द यो छट्पटीको भण्डार फोरिने त हैन ? म निरन्तर रच्न थाल्छु "जिन्दगीको यात्रा हिंडेको लाग्छ कठिन् लामो बिश्रामपछि गन्तब्य उन्मुख पाइला बढीरहेछ त्यहीँ एउटा गोरेटो हिडिदिन्छ गोरेटो एस्तो लाग्छ मेरो एक एक सपना बुझेको छ मैले देखेको सपनाले बनेको छ त्यही गोरेटोमा हिडाइ सम्भव छ ।" आधा रात बितिसकेछ कबिता बल्ल मिठासमा पुगेको छ रच्न धेरै आँट बढीरहेछ छिपिसकेको रातमा मेरो मुना फुरेको छ परिबेश नमिलेको हो कि समय प्रतिकुल बनेको कबिता अधुरो छ चुरो कुरा खोल्नै बाँकी छ ...

म एकान्तकी रानी

म मा एकान्त को खोजि  जसमा मेरो आत्मा बाहेक शरीर पनि नहोस  सुनसान, बस् त्यति मात्र  दिमाग नसोचोस् बोलि नफुटोस् साथ हराओस् म भित्र को पत्थर नटुटोस् एक्लोपन को मिठास मा रमुं  कठोरता को सिमा नाघुं,  आत्मालाई हेरिरहुँ  कतै नफर्की हिडि रहुँ, त्यही एकान्त जहाँ  आत्मा छ, शरीर छैन  मुख छ बोलि छैन, मन छ माया छैन  साथ छ, साथी छैन  आहा! कति भाग्यमानि ! म एकान्त की रानी।   फेरी एकान्त  फेरी पनि त्यहि एकान्त मन पर्छ,  संगीतको छिटा नपरेको  सुर्यको प्रकाश नसरेको झरनाको झंकार नझरेको  मेरो ढुकढुकीले मात्र गुन्जेको एकान्त  जहाँ, चरा पनि अति  संयम र शान्त,  म रुन्छु, कोहि नहेरुन् म हास्छु, कोहि नहासुन्, म बोल्छु, कोहि नसुनुन्, बस् ! आशुले भिजाउछु सिरानी  म एकान्तकी रान।  झन् एकान्त  त्यहि एकान्त को मोह  अझै मन पर्छ, फेरी फेरी मन पर्छ  स्वतन्त्र को आभास  आफैमा बिश्वास  खुल्ला बतास  त्यो सिमले कपास  त्यहाँ म अनि एकान्त मेरो  रमणीय त्यो सेरोफेरो  साच्चै आफै संग...

Sheela 'Akka" in Tamil nadu

Well, how do I start writing about my journey of a week to Tamil nadu, India, It was such a memorable journey. Each day was amazing and interesting. Now that I am back home, I remember and smile for such an amazing journey. When I was there, it was really not easy but thats what I loved about this journey.  I started following Sadhguru on youtube about a year ago. I am fascinated and totally fond of Sadhguru's each and every video I have watched on youtube. I had a wish to attend his program and see him in person since I heard about the program 'Inner Engineering'. I came to know about this program through many of the videos. Isha Foundation, an organization founded by Sadhguru offers many program and 'Inner Engineering' is one of them. I also searched in google and came to know that it has its branch office in Nepal also. I was looking forward to attend this program in Nepal but I came to know Isha foundation is organizing 'Inner Engineering with Sadhguru...

Beginning 2021- with Musketeers

Dear Friends (Jyotsana and Yaju) We had such a long time together in very very very long time. We were together for 4 days and 3 nights. Wow! this must be our first time that we were together for this long period. We had fun, we had sorrows. we had laugh and cries. we had food and drinks, we had gossips and got naughty and saucy, we danced, we cooked, we mourned. we went to hospitals, we travelled, we resorted. we were lavish, we were poor, we were pathetic, we were sexy, we were emotional. Together at worst, together at best, Oh yes! Together, we were all, altogether. We were Musketeers, all for one and one for all.  What an ending for the year 2020 and what a start for a new year 2021?  We met on new year's eve until 3rd Jan 2021.  We stayed at Yaju's Place for 2 nights on 31st Dec and 1st of Jan. We were supposed to be going Aagatuk Resort, Dhulikhel on 1st Jan as we already did the booking and paid advance also. Situation happened and we got stucked at kathmandu ...

भावना यस्तो पनि

म त   क्षितिजको कल्पनामा रमाउथेँ , नाजुक र क्षणिक पलहरुमा तृष्णा मेटाउथे। म कसरी बिश्वास गरूँ ? आफै सामु कसरी मुस्कुराउँ  ? हिजोआज ,   म भित्र केहि सलबलाउछन् भावना हरुले कुत्कुयाउछन्।   उमङ्ग र जोशले काचुली फेरे जस्तो , यो मित्रताको जालोले जताजतै मलाई बेरे जस्तो।   सबै त भन्न मन लाग्छ सबै नै सुन्न मन लाग्छ भनेका सबै दोहोराउदै सुन्न मन लाग्छ सुनेका सबै फेरी आफैसंग भन्न मन लाग्छ , आजभोलि , नगाएका गीत गाउन थालेछु न सुनेका धुन सुन्न थालेछु छटपट्टि र बेचैनिले दिन भरिए जस्तो , यो साइनोमा आशा र सपनाले   रात छरिए जस्तो ।   अनेकौ प्रश्न ले घेरा लगाउछ अनेकौ उत्तरले फेरी डेरा जमाउछ , आफै संग साटिरहेको हासो कहाँ लुकाऊं ?    भित्र भित्रै बाधिरहेको गाठो कहाँ फुकाउ ? दिनरात, एउटै खयालले मन भुलाउछ सम्झनाले भुमरी झैँ चक्कर चलाउछ।  कुनै नौलो लत ले जीवन मताईरहे जस्तो यो सम्बन्ध ले मलाई सारै सताइरहे जस्तो।।   

नगरेको प्रेम

अनन्त गरेर पनि तिमीलाई मेरो माया बिर्साइ  दिन्छु बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइ  दिन्छु  ।।   सागरको गहिराइ भन्दा तल मेरो हृदय डुबेको थियो , पुर्याउँला तिमीलाई भन्थें निभेर गए ति अन्धकारमा दियो , मुटु भरेर पनि तिमीलाई मेरो मौनता थमाइँ  दिन्छु, बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइ  दिन्छु ।।   हिमालको पवित्रता भन्दा माथि मेरो विश्वाश अडेको थियो , देखाउंलाँ तिमीलाई भन्थें पापी भ्रममा साचोँ प्रिती अल्झिदियो , आसुँ भएर पनि तिमीलाई मेरो हासोँ बगाइ दिन्छु, बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइदि न्छु ।।   सुर्यको प्रकाश भन्दा तेज मेरो चाहना लुकेको थियो , सुनाउँला तिमीलाई भन्थें प्रेम उत्साहले जुर्मुरियो ,   लक्ष्य बोकेर पनि तिमीलाई मेरो सपना बनाइदि न्छु , बहानाहरु खोजेर तिमीलाई मेरो प्रेम भुलाइदि न्छु ।।   चन्द्र को  शितल भन्दा प्यारो मेरो आत्मा भिजेको थियो , भनौँला तिमीलाई भन्थें आँट्मा अझ कमजोरी थपियो ,   फूल फुलेर पनि तिमीलाई मेरो वास्ना लुकाइ दिन्छु बहानाहरु ...