म निहुरिएर हेर्छु
छताछुल्ल प्रकाश
त्यही प्रकाशमा एउटा छाया देख्छु
आकार एस्तो लाग्छ
मेरो समिपता लुटेको छ
हरेक दैनिकिमा सामेल छ
त्यही आकारमा उज्यालो सम्भव छ । "
कोल्टे फेर्छु,
"जिन्दगीको बादल खसेको लाग्छ
शुन्यपनमा छरिएका दाग मेट्न
खुल्ला त्यो शुन्यपनमा
नामिकरण गगन भएर
अर्थ खुलिदिन्छ
बतास त्यो बादल उडाउछ
त्यही बतासमा एउटा आकृति उभिन्छ
आकृति एस्तो लाग्छ
मेरो अनुभव नियालेको छ
पल पल का कहानी संगालेको छ
त्यही आकृति मा सफाइ सम्भव छ ।"
कोल्टे फेर्न डर लाग्छ
कतै झुठ त साबित हुँदैनन् ?
आनन्द यो छट्पटीको भण्डार
फोरिने त हैन ?
म निरन्तर रच्न थाल्छु
"जिन्दगीको यात्रा हिंडेको लाग्छ
कठिन् लामो बिश्रामपछि
गन्तब्य उन्मुख पाइला बढीरहेछ
त्यहीँ एउटा गोरेटो हिडिदिन्छ
गोरेटो एस्तो लाग्छ
मेरो एक एक सपना बुझेको छ
मैले देखेको सपनाले बनेको छ
त्यही गोरेटोमा हिडाइ सम्भव छ ।"
आधा रात बितिसकेछ
कबिता बल्ल मिठासमा पुगेको छ
रच्न धेरै आँट बढीरहेछ
छिपिसकेको रातमा मेरो मुना फुरेको छ
परिबेश नमिलेको हो कि
समय प्रतिकुल बनेको
कबिता अधुरो छ
चुरो कुरा खोल्नै बाँकी छ
"जिन्दगीको देउराली भरिएको लाग्छ
अन्तिम एउटा आस्था ओगटेर
अबका कसम निरर्थ फ्याँकिनेछन्
भाकेर पुगिसक्यो
जती देउराली मा थुप्रीएको छ
त्यही थुप्रोमा एउटा सुरुवातको पत्थर छ
पत्थर एस्तो लाग्छ
मेरै आस्था को बिज रोपेको छ
निस्कृय हृदय को द्वार खोलेको छ
त्यही पत्थरमा विश्वाश सम्भव छ ।"
भालेको डाँक थियो शायद
भर्खरै बासेको
बिहानि छिर्न लागे जस्तो छ
चुरो खोलिहालौ भनेको,
"जिन्दगीको थकाई मेटिएको लाग्छ
निन्द्राले कही भगाईदिएछ
कति मिठास छ यो
निन्द्रादेबिको काखमा
त्यही काखमा रात बगिरहेछ
रात एस्तो लाग्छ
मेरो अन्धकार ओडेको छ
सपनाको संसारमा लुकामारी खेलेको छ
त्यही रातमा आराम सम्भव छ ।"
भन्दा भन्दै बिहानिको झुल्को पो देखे
अधुरो आज पनि कबिता रचें,
म उज्यालोमा कबिता रच्दिन
अन्धकारमा जस्तो त्यहाँ केही लुक्दैन
म अर्को रात फेरी फर्किनेछु
सके पुरा एउटा कबिता रच्नेछु ।।
Comments
Post a Comment