Skip to main content

म रातमा कबिता रच्दैछु


 "जिन्दगीको शिखा बलेको लाग्छ
म निहुरिएर हेर्छु
छताछुल्ल प्रकाश
त्यही प्रकाशमा एउटा छाया देख्छु
आकार एस्तो लाग्छ
मेरो समिपता लुटेको छ
हरेक दैनिकिमा सामेल छ
त्यही आकारमा उज्यालो सम्भव छ । "
कोल्टे फेर्छु,
"जिन्दगीको बादल खसेको लाग्छ
शुन्यपनमा छरिएका दाग मेट्न
खुल्ला त्यो शुन्यपनमा
नामिकरण गगन भएर
अर्थ खुलिदिन्छ
बतास त्यो बादल उडाउछ
त्यही बतासमा एउटा आकृति उभिन्छ
आकृति एस्तो लाग्छ
मेरो अनुभव नियालेको छ
पल पल का कहानी संगालेको छ
त्यही आकृति मा सफाइ सम्भव छ ।"
कोल्टे फेर्न डर लाग्छ
कतै झुठ त साबित हुँदैनन् ?
आनन्द यो छट्पटीको भण्डार
फोरिने त हैन ?
म निरन्तर रच्न थाल्छु
"जिन्दगीको यात्रा हिंडेको लाग्छ
कठिन् लामो बिश्रामपछि
गन्तब्य उन्मुख पाइला बढीरहेछ
त्यहीँ एउटा गोरेटो हिडिदिन्छ
गोरेटो एस्तो लाग्छ
मेरो एक एक सपना बुझेको छ
मैले देखेको सपनाले बनेको छ
त्यही गोरेटोमा हिडाइ सम्भव छ ।"
आधा रात बितिसकेछ
कबिता बल्ल मिठासमा पुगेको छ
रच्न धेरै आँट बढीरहेछ
छिपिसकेको रातमा मेरो मुना फुरेको छ
परिबेश नमिलेको हो कि
समय प्रतिकुल बनेको
कबिता अधुरो छ
चुरो कुरा खोल्नै बाँकी छ
"जिन्दगीको देउराली भरिएको लाग्छ
अन्तिम एउटा आस्था ओगटेर
अबका कसम निरर्थ फ्याँकिनेछन्
भाकेर पुगिसक्यो
जती देउराली मा थुप्रीएको छ
त्यही थुप्रोमा एउटा सुरुवातको पत्थर छ
पत्थर एस्तो लाग्छ
मेरै आस्था को बिज रोपेको छ
निस्कृय हृदय को द्वार खोलेको छ
त्यही पत्थरमा विश्वाश सम्भव छ ।"
भालेको डाँक थियो शायद
भर्खरै बासेको
बिहानि छिर्न लागे जस्तो छ
चुरो खोलिहालौ भनेको,
"जिन्दगीको थकाई मेटिएको लाग्छ
निन्द्राले कही भगाईदिएछ
कति मिठास छ यो
निन्द्रादेबिको काखमा
त्यही काखमा रात बगिरहेछ
रात एस्तो लाग्छ
मेरो अन्धकार ओडेको छ
सपनाको संसारमा लुकामारी खेलेको छ
त्यही रातमा आराम सम्भव छ ।"
भन्दा भन्दै बिहानिको झुल्को पो देखे
अधुरो आज पनि कबिता रचें,
म उज्यालोमा कबिता रच्दिन
अन्धकारमा जस्तो त्यहाँ केही लुक्दैन
म अर्को रात फेरी फर्किनेछु
सके पुरा एउटा कबिता रच्नेछु ।।

Comments

Popular posts from this blog

म एकान्तकी रानी

म मा एकान्त को खोजि  जसमा मेरो आत्मा बाहेक शरीर पनि नहोस  सुनसान, बस् त्यति मात्र  दिमाग नसोचोस् बोलि नफुटोस् साथ हराओस् म भित्र को पत्थर नटुटोस् एक्लोपन को मिठास मा रमुं  कठोरता को सिमा नाघुं,  आत्मालाई हेरिरहुँ  कतै नफर्की हिडि रहुँ, त्यही एकान्त जहाँ  आत्मा छ, शरीर छैन  मुख छ बोलि छैन, मन छ माया छैन  साथ छ, साथी छैन  आहा! कति भाग्यमानि ! म एकान्त की रानी।   फेरी एकान्त  फेरी पनि त्यहि एकान्त मन पर्छ,  संगीतको छिटा नपरेको  सुर्यको प्रकाश नसरेको झरनाको झंकार नझरेको  मेरो ढुकढुकीले मात्र गुन्जेको एकान्त  जहाँ, चरा पनि अति  संयम र शान्त,  म रुन्छु, कोहि नहेरुन् म हास्छु, कोहि नहासुन्, म बोल्छु, कोहि नसुनुन्, बस् ! आशुले भिजाउछु सिरानी  म एकान्तकी रान।  झन् एकान्त  त्यहि एकान्त को मोह  अझै मन पर्छ, फेरी फेरी मन पर्छ  स्वतन्त्र को आभास  आफैमा बिश्वास  खुल्ला बतास  त्यो सिमले कपास  त्यहाँ म अनि एकान्त मेरो  रमणीय त्यो सेरोफेरो  साच्चै आफै संग...

अस्पतालमा

अन्योल र अलमल यो भिड मा म एक्लै aasha खोजि रहेछु  अन्जान र अपरिचित यो हुलमा  म आफ्नै साथ् रोजी रहेछु  तिनका आखा आखा मा  बेग्ला बेग्लै पीडाको बोध , म कहाँ बुझ्न सक्छु र ? मेरो पनि त आफ्नै शोक ! म त अझै शान्त छु  ति दुखाई म कहाँ छुन सक्छु ? दुखको यो महासागर मा म मात्र अछुत कहाँ हुन सक्छु ? 

मेरो संस्कार

मेरो संस्कार मेरो संस्कार, तिम्रो आगमन मेरो जीवनको अनुपम उपहार, मलाई शिशिर के, पत्झड के, अब तिमी नै मेरो बसन्त सदाबहार।। म के दिउं तिमीलाई, सोचिरहेछु, म के लेखुं तिम्रो लागि घोरिइरहे्छु।  म सम्झिन्छु मेरो बाल्यकाल सम्झिदै प्रफुलित मेरो हृदयको हाल।।  घर बाहिर छरपष्ट ति चउरहरु ति खेत अनि बारीका अनन्त द्श्यहरु, दौडेर, लडेर कहिल्यै नथाकिने ति खेलहरु वर्षामा बाटोभरी आउने ति भेलहरु।  म कहां दिन सक्छु तिमिलाई त्यो काख, प्रक्‌तिको ? खुला मैदान अनि साथीभाईसंगको मेल त्यहि रितिको मेरो संस्कार, तिमिलाई दिन सक्छु मेरो अनुभवको संगालोहरु मैले रोएको र हासेको  जीवनका साना तिना भंगालोहरु।।  म त उफ्रिदै वन जंगल पनि गएं, डोको र नाम्लोले भारी पनि ल्याएं, म त गाउंको खोला र वगरमा पनि रमाएं, ढुङा र मुडामा ठोक्किएर चोट पनि खाएं।  म कहां दिन सक्छु तिमिलाई त्यो छ्हारीको शीतलता, छङ्छङ गर्ने झरना र खहरेको चञचलता।   मेरो संस्कार, तिमिलाई सुनाउन सक्छु मेरो अनगिन्ति जीवन किस्साहरु, मैले देखेका र भोगेका जीवन खण्ड खण्डका अनमोल हिस्साहरु।।  मैले त गुडिया र भान्सा आफै बनाउ...