Skip to main content

मेरो संस्कार

मेरो संस्कार

मेरो संस्कार, तिम्रो आगमन मेरो जीवनको अनुपम उपहार,
मलाई शिशिर के, पत्झड के, अब तिमी नै मेरो बसन्त सदाबहार।।

म के दिउं तिमीलाई, सोचिरहेछु,
म के लेखुं तिम्रो लागि घोरिइरहे्छु। 

म सम्झिन्छु मेरो बाल्यकाल
सम्झिदै प्रफुलित मेरो हृदयको हाल।। 

घर बाहिर छरपष्ट ति चउरहरु
ति खेत अनि बारीका अनन्त द्श्यहरु,
दौडेर, लडेर कहिल्यै नथाकिने ति खेलहरु
वर्षामा बाटोभरी आउने ति भेलहरु। 

म कहां दिन सक्छु तिमिलाई त्यो काख, प्रक्‌तिको ?
खुला मैदान अनि साथीभाईसंगको मेल त्यहि रितिको

मेरो संस्कार, तिमिलाई दिन सक्छु मेरो अनुभवको संगालोहरु
मैले रोएको र हासेको  जीवनका साना तिना भंगालोहरु।। 

म त उफ्रिदै वन जंगल पनि गएं,
डोको र नाम्लोले भारी पनि ल्याएं,
म त गाउंको खोला र वगरमा पनि रमाएं,
ढुङा र मुडामा ठोक्किएर चोट पनि खाएं। 

म कहां दिन सक्छु तिमिलाई त्यो छ्हारीको शीतलता,
छङ्छङ गर्ने झरना र खहरेको चञचलता।  

मेरो संस्कार, तिमिलाई सुनाउन सक्छु मेरो अनगिन्ति जीवन किस्साहरु,
मैले देखेका र भोगेका जीवन खण्ड खण्डका अनमोल हिस्साहरु।। 

मैले त गुडिया र भान्सा आफै बनाउथें,
हजुरबाले  बनाएको बिनायो र मुर्चुन्गा पाउथें। 
मैले त ढुङ्गा र माटो सँग गहिरो नाता बनाएं,
लिङे पिङ खेलेर, धेउसी भैलो गाएर दशै तिहार मनाएं। 

म कहां दिन सक्छु तिमीलाई त्यो सरल संसार,
मधुर मिठास बोकेको त्यो प्रकृतिको  झंकार।  

मेरो संस्कार, तिमीलाई बुझाउन सक्छु  मैले देखेको सत्यता
मैले जानेको परिवार, रिती र संस्कृ्ति  को प्रभुता ।।

Comments

Popular posts from this blog

म एकान्तकी रानी

म मा एकान्त को खोजि  जसमा मेरो आत्मा बाहेक शरीर पनि नहोस  सुनसान, बस् त्यति मात्र  दिमाग नसोचोस् बोलि नफुटोस् साथ हराओस् म भित्र को पत्थर नटुटोस् एक्लोपन को मिठास मा रमुं  कठोरता को सिमा नाघुं,  आत्मालाई हेरिरहुँ  कतै नफर्की हिडि रहुँ, त्यही एकान्त जहाँ  आत्मा छ, शरीर छैन  मुख छ बोलि छैन, मन छ माया छैन  साथ छ, साथी छैन  आहा! कति भाग्यमानि ! म एकान्त की रानी।   फेरी एकान्त  फेरी पनि त्यहि एकान्त मन पर्छ,  संगीतको छिटा नपरेको  सुर्यको प्रकाश नसरेको झरनाको झंकार नझरेको  मेरो ढुकढुकीले मात्र गुन्जेको एकान्त  जहाँ, चरा पनि अति  संयम र शान्त,  म रुन्छु, कोहि नहेरुन् म हास्छु, कोहि नहासुन्, म बोल्छु, कोहि नसुनुन्, बस् ! आशुले भिजाउछु सिरानी  म एकान्तकी रान।  झन् एकान्त  त्यहि एकान्त को मोह  अझै मन पर्छ, फेरी फेरी मन पर्छ  स्वतन्त्र को आभास  आफैमा बिश्वास  खुल्ला बतास  त्यो सिमले कपास  त्यहाँ म अनि एकान्त मेरो  रमणीय त्यो सेरोफेरो  साच्चै आफै संग...

अस्पतालमा

अन्योल र अलमल यो भिड मा म एक्लै aasha खोजि रहेछु  अन्जान र अपरिचित यो हुलमा  म आफ्नै साथ् रोजी रहेछु  तिनका आखा आखा मा  बेग्ला बेग्लै पीडाको बोध , म कहाँ बुझ्न सक्छु र ? मेरो पनि त आफ्नै शोक ! म त अझै शान्त छु  ति दुखाई म कहाँ छुन सक्छु ? दुखको यो महासागर मा म मात्र अछुत कहाँ हुन सक्छु ?