Skip to main content

म एकान्तकी रानी

म मा एकान्त को खोजि 
जसमा मेरो आत्मा बाहेक शरीर पनि नहोस 
सुनसान, बस् त्यति मात्र 
दिमाग नसोचोस्
बोलि नफुटोस्
साथ हराओस्
म भित्र को पत्थर नटुटोस्
एक्लोपन को मिठास मा रमुं 
कठोरता को सिमा नाघुं, 
आत्मालाई हेरिरहुँ 
कतै नफर्की हिडि रहुँ,
त्यही एकान्त जहाँ 
आत्मा छ, शरीर छैन 
मुख छ बोलि छैन,
मन छ माया छैन 
साथ छ, साथी छैन 
आहा! कति भाग्यमानि !
म एकान्त की रानी।  

फेरी एकान्त 
फेरी पनि त्यहि एकान्त मन पर्छ, 
संगीतको छिटा नपरेको 
सुर्यको प्रकाश नसरेको
झरनाको झंकार नझरेको 
मेरो ढुकढुकीले मात्र गुन्जेको एकान्त 
जहाँ,
चरा पनि अति 
संयम र शान्त, 
म रुन्छु, कोहि नहेरुन्
म हास्छु, कोहि नहासुन्,
म बोल्छु, कोहि नसुनुन्,
बस् ! आशुले भिजाउछु सिरानी 
म एकान्तकी रान। 

झन् एकान्त 
त्यहि एकान्त को मोह 
अझै मन पर्छ, फेरी फेरी मन पर्छ 
स्वतन्त्र को आभास 
आफैमा बिश्वास 
खुल्ला बतास 
त्यो सिमले कपास 
त्यहाँ म अनि एकान्त मेरो 
रमणीय त्यो सेरोफेरो 
साच्चै आफै संग रम्ने मेरो बानी,
म त सधै एकान्तकी रानी।। 

Comments

Popular posts from this blog

अस्पतालमा

अन्योल र अलमल यो भिड मा म एक्लै aasha खोजि रहेछु  अन्जान र अपरिचित यो हुलमा  म आफ्नै साथ् रोजी रहेछु  तिनका आखा आखा मा  बेग्ला बेग्लै पीडाको बोध , म कहाँ बुझ्न सक्छु र ? मेरो पनि त आफ्नै शोक ! म त अझै शान्त छु  ति दुखाई म कहाँ छुन सक्छु ? दुखको यो महासागर मा म मात्र अछुत कहाँ हुन सक्छु ? 

मेरो संस्कार

मेरो संस्कार मेरो संस्कार, तिम्रो आगमन मेरो जीवनको अनुपम उपहार, मलाई शिशिर के, पत्झड के, अब तिमी नै मेरो बसन्त सदाबहार।। म के दिउं तिमीलाई, सोचिरहेछु, म के लेखुं तिम्रो लागि घोरिइरहे्छु।  म सम्झिन्छु मेरो बाल्यकाल सम्झिदै प्रफुलित मेरो हृदयको हाल।।  घर बाहिर छरपष्ट ति चउरहरु ति खेत अनि बारीका अनन्त द्श्यहरु, दौडेर, लडेर कहिल्यै नथाकिने ति खेलहरु वर्षामा बाटोभरी आउने ति भेलहरु।  म कहां दिन सक्छु तिमिलाई त्यो काख, प्रक्‌तिको ? खुला मैदान अनि साथीभाईसंगको मेल त्यहि रितिको मेरो संस्कार, तिमिलाई दिन सक्छु मेरो अनुभवको संगालोहरु मैले रोएको र हासेको  जीवनका साना तिना भंगालोहरु।।  म त उफ्रिदै वन जंगल पनि गएं, डोको र नाम्लोले भारी पनि ल्याएं, म त गाउंको खोला र वगरमा पनि रमाएं, ढुङा र मुडामा ठोक्किएर चोट पनि खाएं।  म कहां दिन सक्छु तिमिलाई त्यो छ्हारीको शीतलता, छङ्छङ गर्ने झरना र खहरेको चञचलता।   मेरो संस्कार, तिमिलाई सुनाउन सक्छु मेरो अनगिन्ति जीवन किस्साहरु, मैले देखेका र भोगेका जीवन खण्ड खण्डका अनमोल हिस्साहरु।।  मैले त गुडिया र भान्सा आफै बनाउ...