अनौठो मानिसको मन, अनौठो यो जीवन कस्तो
लाग्छ क्षितिज मा गगन निहुरिए जस्तो ..
असारको झरीमा हर सास झम्झमाउछ
झरी बोकेर उड्ने त्यो बादल कस्तो ..
मुस्कानको दियालो परेली झरेर जग्मगाउछ
जवानी ओडेर फुल्ने त्यो सपना कस्तो ...
छहारीको शितलता सुस्केरामा गुनगुनाउछ
प्रकाश छलेर बन्ने त्यो छाया कस्तो ...
फक्रेको फूल चुमेर भमरा भुन्भुनाउछ
सुगन्ध भरेर तान्ने त्यो बगान कस्तो ...
Comments
Post a Comment