मेरो संस्कार मेरो संस्कार, तिम्रो आगमन मेरो जीवनको अनुपम उपहार, मलाई शिशिर के, पत्झड के, अब तिमी नै मेरो बसन्त सदाबहार।। म के दिउं तिमीलाई, सोचिरहेछु, म के लेखुं तिम्रो लागि घोरिइरहे्छु। म सम्झिन्छु मेरो बाल्यकाल सम्झिदै प्रफुलित मेरो हृदयको हाल।। घर बाहिर छरपष्ट ति चउरहरु ति खेत अनि बारीका अनन्त द्श्यहरु, दौडेर, लडेर कहिल्यै नथाकिने ति खेलहरु वर्षामा बाटोभरी आउने ति भेलहरु। म कहां दिन सक्छु तिमिलाई त्यो काख, प्रक्तिको ? खुला मैदान अनि साथीभाईसंगको मेल त्यहि रितिको मेरो संस्कार, तिमिलाई दिन सक्छु मेरो अनुभवको संगालोहरु मैले रोएको र हासेको जीवनका साना तिना भंगालोहरु।। म त उफ्रिदै वन जंगल पनि गएं, डोको र नाम्लोले भारी पनि ल्याएं, म त गाउंको खोला र वगरमा पनि रमाएं, ढुङा र मुडामा ठोक्किएर चोट पनि खाएं। म कहां दिन सक्छु तिमिलाई त्यो छ्हारीको शीतलता, छङ्छङ गर्ने झरना र खहरेको चञचलता। मेरो संस्कार, तिमिलाई सुनाउन सक्छु मेरो अनगिन्ति जीवन किस्साहरु, मैले देखेका र भोगेका जीवन खण्ड खण्डका अनमोल हिस्साहरु।। मैले त गुडिया र भान्सा आफै बनाउ...
Comments
Post a Comment