Skip to main content

Posts

A beautiful Journey of Blending Cultures

Growing up in a tapestry of traditions I could say I am not rooted in just one culture fully, nor could I ever claim that I belong to a single tradition. I think a lot of people in my generation can relate to this. One’s identity is not fixed, it keeps moving, shifting, and evolving over time. Anthropological studies have always underlined that identity is fluid, and I see that reflecting in my own life. Different cultural influences over time have shaped my habits, beliefs, and ways of seeing the world, sometimes, even I do not realize that they are blending. As I grew up, I have experienced and lived between multiple languages, customs, and rituals. I keep wondering myself, how people with different cultural backgrounds can think, believe and live in distinct ways and still coexist. Bourdieu (1977) has described this concept through habitus, explaining that an individual’s habits, skills, and dispositions are shaped by lived experiences. It’s not just personal identity that forms...
Recent posts

मेरो संस्कार

मेरो संस्कार मेरो संस्कार, तिम्रो आगमन मेरो जीवनको अनुपम उपहार, मलाई शिशिर के, पत्झड के, अब तिमी नै मेरो बसन्त सदाबहार।। म के दिउं तिमीलाई, सोचिरहेछु, म के लेखुं तिम्रो लागि घोरिइरहे्छु।  म सम्झिन्छु मेरो बाल्यकाल सम्झिदै प्रफुलित मेरो हृदयको हाल।।  घर बाहिर छरपष्ट ति चउरहरु ति खेत अनि बारीका अनन्त द्श्यहरु, दौडेर, लडेर कहिल्यै नथाकिने ति खेलहरु वर्षामा बाटोभरी आउने ति भेलहरु।  म कहां दिन सक्छु तिमिलाई त्यो काख, प्रक्‌तिको ? खुला मैदान अनि साथीभाईसंगको मेल त्यहि रितिको मेरो संस्कार, तिमिलाई दिन सक्छु मेरो अनुभवको संगालोहरु मैले रोएको र हासेको  जीवनका साना तिना भंगालोहरु।।  म त उफ्रिदै वन जंगल पनि गएं, डोको र नाम्लोले भारी पनि ल्याएं, म त गाउंको खोला र वगरमा पनि रमाएं, ढुङा र मुडामा ठोक्किएर चोट पनि खाएं।  म कहां दिन सक्छु तिमिलाई त्यो छ्हारीको शीतलता, छङ्छङ गर्ने झरना र खहरेको चञचलता।   मेरो संस्कार, तिमिलाई सुनाउन सक्छु मेरो अनगिन्ति जीवन किस्साहरु, मैले देखेका र भोगेका जीवन खण्ड खण्डका अनमोल हिस्साहरु।।  मैले त गुडिया र भान्सा आफै बनाउ...

अस्पतालमा

अन्योल र अलमल यो भिड मा म एक्लै aasha खोजि रहेछु  अन्जान र अपरिचित यो हुलमा  म आफ्नै साथ् रोजी रहेछु  तिनका आखा आखा मा  बेग्ला बेग्लै पीडाको बोध , म कहाँ बुझ्न सक्छु र ? मेरो पनि त आफ्नै शोक ! म त अझै शान्त छु  ति दुखाई म कहाँ छुन सक्छु ? दुखको यो महासागर मा म मात्र अछुत कहाँ हुन सक्छु ? 

पुकार

मेरो जिन्दगी कतै अल्झिरहेछ यहाँ म पर्खिरहेछु  नसुनेर मेरो पुकार किन  बेहिसाब मै बल्झिरहेछ? बेहोसी मन यसै यसै जीइरहेछ   केही उत्साहहरु पल पल मरिरहेछ,  हजारौ फूलहरु माझ  प्रकृतिको मनोरम काख  कोषौ दूर पुगेर पनि  आफ्नो हृदय छाम्न सकिन,  मेरो जिन्दगी कतै भुलिरहेछ यहाँ म पखिरहेछु  नसुनेर मेरो पुकार किन  बेमौसम मै झुलिरहेछ? जीवनको संघर्ष होला  परीक्षा या  परिणाम होला  लाखौ आशाहरु संगै  कल्पना र सपना हुदै  पाइला त्यतै मोडेर पनि  आफ्नो गन्तब्य पुग्न सकिन, मेरो जिन्दगी कतै पौडीरहेछ  यहाँ म पर्खिरहेछु  नसुनेर मेरो पुकार किन  बेफ़ुर्सदमै दौडीरहेछ??

Tornado inside me

  I am trying everything possible to keep me happy these days. This blog also, I started writing just to express myself and to feel myself light, it is helping to some extent but inside, I am burning, I am overwhelming, I dont want to say I am depressed or I am stressed. it is just that I am having overflow of feelings and very powerful ones. I am reading books that I have never read before, I am listening music that I have never listened before, I am watching new movies, and videos, I am writing poems and also typing old ones that were handwritten from my old diaries. I am singing, I am cooking, I am working, I am making new friends, no just one new friend. I am chatting, I am using lots of apps. I am doing lots of stuff yet, I dont find peace. I am thinking I will start meditation and riyaz also.  I don’t know if Bell’s palsy is stressing me out or stressed me intrigued Bell’s palsy to occur, but either way I am being blown away. This strong tornado inside me is taking away ...

खयाल

गुलाफ फुलेको सौन्दर्यले निचोर्छ  एउटा अलग्गैअनि मिठो पिडा  पर्खाईको तरङ्गमा निस्सासिएको पिडा  आशैआशले भरिपुर्ण हृदयमा गुम्सिएको पिडा  निश्चित आगतले सताएको बर्तमान  अनि हतासमा अल्झिएको यो बिधान, मेरो तड्पिएको हेराइ  जीवनको एक नशालाई... कहाँ रुमल्लिइ रहेको छ  कहाँ भौतारिइ  रहेको छ  वा  कतै अस्त छ, ब्यस्त छ ,  म मन्त्र फुक्छु, साचो हुने कल्पना गर्छु, मेरो जीवन को प्रतिबिम्ब देख्न खोज्छु   म खोजि गर्छु  प्रतिबिम्ब भै बिम्बको कल्पना भै भविस्यको । सुस्तरी जागेको हो कि जोश  बैंश ले लुकेको हो कि होश।  मन थम्थमाउछु प्राकृतिक जीवनकै सिर्जना न हो  भरिपुर्ण भएरै निम्तिएको कामना त हो। ।  

सहर म देखिरहेछु

केहि दूर अलिकति पर  मेरो सपनाको सहर छ  तेर्सिएर लम्पसार त्यहाँ कैयौ मेरो रहर छ, निस्पट्ट अध्यारो  मेरो वरिपरि  तर झलमल्ल  धेरै प्रकाश र आकारमा  बलिरहेको म देखिरहेछु, त्यो सहर, मेरो आखा अन्धकारमा छ,  मेरो सपना  चकमन्न त्यो सहरमा  बत्तीका प्रत्येक प्रकाश भन्दा प्रकाश  बलिरहेको छ।  सुनसान यो टाढा वस्ती  अध्यारोमा छिपेको हरियाली  गुञ्जयमान प्रकृतिका स-साना  सजिब प्राणी  मेरो सपनाको सहर चियाई रहेछन्  लुकामारी खेल्दै मेरो  अस्तित्व लाई गिज्याइ रहेछन।   नजिक म त्यहाँ नित्य पुग्छु,  स्वप्न उत्रिए झैँ घुमेर फर्कन्छु ।   नयन ले भ्याए सम्म हेरिरहन्छु,  हजार आकंक्ष्या बेरिरहन्छु,, अनि फेरी  आफै लाई  केहि सान्त्वोना थप्छु  दिलाशा खोजेर पनिं मन थाम्छु ,  किन?  तर किन ? यो रात  हर साँझ पछि बिझाउछ? केहि दूर अलिकति पर  मेरो सपनाको सहर छ,  ब्युझिएर रमझम त्यहाँ  मैले इच्छाएको लहर छ ।  एकान्त ! सम्बन्ध टाढिएको  बेचैन दृश्यले  रित्तिसक्यो स...